add

सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख चयनका लागि निर्वाचन हुने






ActPro Nepal

|

२ माघ, २०७९

|
304

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाका सभामुख चयन गर्न आज पनि निर्वाचन हुने भएको छ । 

यसअघि सभामुख चयनका लागि दोस्रोपटक भएको निर्वाचनबाट पनि सभामुखका लागि बनेका उम्मेदवारले बहुमत नपाएपछि सुदूरपश्चिम प्रदेश सभाले सभामुख पाउन सकेको थिएन ।

सत्ता पक्षसँग असन्तुष्ट नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद तटस्थ बसेपछि सभामुख चयनमा सकस भएको हो । दुई पटकसम्म भएको निर्वाचनमा कसैले पनि बहुमत नपाएपछि आज पुन निर्वाचन हुन लागेको छ । यहाँ माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारी र कांग्रेस सांसद मानबहादुर रावल सभामुखका उम्मेदवार छन् ।

प्रदेश सभामा कायम सांसदको बहुमत अर्थात् ५१ प्रतिशत मत आवश्यक पर्छ । पहिलो दिन २८ गते भएको निर्वाचनमा माओवादीका भण्डारीलाई सभामुख बन्न १ मत अपुग भएको थियो । शुरुको दिन एक मत बदर हुँदा भण्डारीले २६ मत मात्रै पाएका थिए ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ मत आवश्यक पर्छ । यहाँ सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् । प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

दोस्रो पटक गत पुस ३० गते भएको अर्को निर्वाचनमा नागरिक उन्मुक्तिका ७ सांसदले कतै पनि मत नदिएपछि भण्डारी र रावल दुवैको बहुमत पुग्न सकेन । सरकार आफ्ना माग सम्बोधनमा गम्भीर नभएको भन्दै नगरी उन्मुक्ति पार्टीले पक्ष र विपक्ष कतै मत नदिएपछि दुबैको बहुमत पुग्न सकेको थिएन । सभामुख चयन गर्न आज बिहान ९ बजे पुनः बैठक बोलाइएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.