add

हिमालयन रिइन्स्योरेन्सको खुद नाफा घट्यो






ActPro Nepal

|

२ माघ, २०७९

|
597

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले असोज मसान्तसम्ममा ५ करोड ३० लाख रुपैयाँ भन्दा बढी नोक्सानीमा रहेको देखिएको छ । 

गत वर्षको पहिलो त्रैमाससम्म ४ करोड ७६ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको कम्पनी यस वर्ष भने नोक्सानीमा गएको हो । यस वर्ष आयकर वापतको रकम बढेकाले कम्पनी खुद नोक्सानीमा गएको देखिएको छ । 

गत वर्ष ७ करोड ९२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीको यस वर्ष ४ करोड ९४ लाख रुपैयाँभन्दा बढी आम्दानी ऋणात्मक देखिएको छ । हाल कम्पनीको चुक्तापूँजी ७ अर्ब रुपैयाँ रहेको छ । जगेडा कोष रकम गत वर्षको तुलनामा ५१ प्रतिशत बढेर ७ करोड ८३ करोड रुपैयाँभन्दा बढी कायम भएको छ ।

बीमा कोष रकममा भने उल्लेख रुपमा बृद्धि भएको छ । गत वर्ष ४८ लाख रुपैयाँभन्दा बढी रहेको बीमाकोष रकम यस वर्ष १३ करोड ६९ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । 

यस वर्षको पहिलो त्रैमाससम्म कम्पनीले १ अर्ब १९ करोड ६० लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले बीमाशुल्क आर्जन गरेको थिएन । कम्पनीले यस वर्ष २ करोड रुपैयाँभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ ।

हाल कम्पनीको अधिकृत पूँजी २१ अर्ब रुपैयाँ, जारी पूँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणलाई ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्ष भित्रै सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने तयारी थालेको छ । कम्पनीको २०७८ कार्तिक २६ गते बसेको प्रथम वार्षिक साधारण सभाबाट कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको थियो । त्यस पश्चात कम्पनीले २०७९ जेठ २७ गते प्रिमियममा आईपीओ निष्काशन गर्न प्रस्ताव विशेष साधारण सभा पारित गरिसकेको छ ।

कम्पनीले सर्वसाधारणको लागि ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ । आईपीओ निष्काशन पछि कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.