add

विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता गर्दैन : उपप्रधानमन्त्री श्रेष्ठ






ActPro Nepal

|

२९ पुष, २०७९

|
434

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

आज काठमाडौंको सोह्रखुट्टे पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्दै उनले सरकारले दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले नराम्रो गर्ने कोहीलाई कारबाही गर्नसक्ने निर्देशन दिएको भन्दै अनियमितता गरेको भए प्रधानमन्त्री दाहालकै घरबेटीलाई पनि कारबाही हुने उपप्रधानमन्त्री मन्त्री श्रेष्ठले बताए ।

समन्वयको कमी र आफ्नो जिम्मेवारी बोध गर्न नसक्दा यसअघि विकास निर्माणको क्षेत्रमा देशले आवश्यक काम गर्न नसकेको भन्दै अब पनि सरकारले विकास निर्माणमा तमासा हेरेर नबस्ने उनले बताए ।

आफ्नो पहिलो प्राथमिकता नागरिकलाई भयरहित सडकमा यात्रा गराउने रहेको र त्यसका लागि आफूले काम सुरु गरिसकेको मन्त्री श्रेष्ठले बताए ।

मन्त्री श्रेष्ठले सडकका समस्या समाधानका लागि प्रत्येक महिनाको दोस्रो हप्ताको शुक्रबार सम्बन्धित निकायहरुका प्रमुखहरुसँग छलफल गर्ने र समस्याको पहिचान गरी समाधान गर्नका लागि पहल गर्ने अभियानमा आफू लागेको बताए ।

मन्त्री श्रेष्ठले सडकमा समस्या देखिएपछि भाग्ने नभई सरकारले र सम्बन्धित निकायले पूरा गर्नुपर्ने बताए । जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले सरकारले देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरु पनि पैदल यात्रुमैत्री बनाउने अभियानमा लागिसकेको उल्लेख गरे । सडक कम भन्दा कम खन्न, सडक खन्दा निश्चित जानकारी गराउनुपर्ने र सडक भत्काइएका ठाउँमा तत्काल मर्मत सम्भार हुनुपर्ने उनको भनाइ छ ।

उपप्रधानमन्त्री श्रेष्ठले देशको संघीय राजधानीमा सडकको यस्तो दुरावस्था हुनु राम्रो नभएको उल्लेख गरे । मन्त्रालयले सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाइरहेको समेत उनले जानकारी दिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.