add

सामसङको ग्यालेक्सी ए०४ए बजारमा, मूल्य कति?






ActPro Nepal

|

२० पुष, २०७९

|
539

काठमाडौं । सामसङले ए–सिरिजको ग्यालेक्सी ए०४इ  नेपाली बजारमा सार्वजनिक गरेको छ।

ए–सिरिजको यो पछिल्लो सार्वजनिक ग्यालेक्सी ए०४इ एउटा इन्ट्री–लेभल फोन हो। 

यसमा ३ जीबी र्याम र ३२ इन्टर्नल मेमोरी भएको फोनमा १ टीबी एक्सटर्नल स्टोरेज स्पेस क्षमताको माइक्रो एसडी  कार्ड जोड्न सकिने कम्पनीले जनाएको छ ।  

फोनको मूल्य १३ हजार ४९९ तोकिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो फोन कालो, कपरर लाइट–ब्लुको स्टाइलिश मिश्रण भएको रङहरूमा उपलब्ध रहेको छ । 

यस स्मार्ट फोनमा ३ वटा क्यामेरा समावेश छन्। मोबाइलमा मेन क्यामेरा १३ मेगापिक्सलको छ। साथै २ एम पीको डेप्थ क्यामेरा छ। फ्रन्ट साइडमा ५ एमपी क्यामेरा रहेको छ। यस्तै ६.५ इन्चको स्क्रिन, ७२० ह १६०० पिक्सल रेसोलुशन, टाइप–सी चार्जिङ पोर्ट, ५००० एमएएच ब्याट्रीलगायतका विशेषता मोबाइलमा रहेको छ । 

यसमा थप १ टिबी एक्सटर्नल स्टोरेज स्पेस माइक्रो एसडी कार्डद्वारा जोड्न सकिने कम्पनीको भनाइ छ। तर यो फोनको मुख्य विशेषता भने यसको डिस्प्ले र क्यामरा रहेको कम्पनीले बताएको छ।

यसको इन–सेल टच एल सी डी पी एल एस भएको डिस्प्लेले प्रयोगकर्तालाई इमेज र टेक्स्टमा स्पष्टता दिनुको साथै थप फिचरहरूको लागि थप स्पेस पनि दिने बताएको छ। 

यसमा भएको ५००० एमएएच ब्याट्रीले ४० घण्टासम्म बिना कुनै चार्जिङको आवश्यकताको स्क्रन–टाइम दिने कम्पनीले जनाएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.