add

टेलिकमको ‘फाइभ-जी’ चल्ने मोबाइलको संख्या न्यून देखिएपछि ‘ट्रायल’ स्थगित






ActPro Nepal

|

१७ पुष, २०७९

|
417

काठमाडौं । नेपालमा सरकारी स्वामित्वको नेपाल टेलिकमको आजदेखि हुने भनिएको ‘फाइभ-जी’को परीक्षण स्थगित भएको छ ।

टेलिकमले चलाउने प्रणाली अनुरुप फाइभजी चल्ने मोबाइलको संख्या न्यून देखिएपछि ट्रायल स्थगित गरेको हो ।

यसअघि टेलिकमले अङ्ग्रेजी नयाँ वर्षको दिन पारेर आज जनवरी १ देखि फाइभजी ट्रायल सुरु गर्ने बताएको थियो ।

तर नेपालमा हाल उपलब्ध फाइभजी सेटहरूमा परीक्षण गरेर मात्रै ट्रायलमा जाने हिसाबले ट्रायल स्थगित गरिएको जनाइएको छ ।

फाइभ-जीको परीक्षणअघि टेलिकमले यसको व्यवसायिक प्रयोगको सम्भावनाबारे पनि थप अध्ययन र छलफल गर्नेछ ।

प्राधिकरणले परीक्षणका लागि २६०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ । नेपालमा हाल टूजी, थ्रीजी र फोरजी प्रविधि प्रयोगमा छ । फोरजीमा सेवा प्रदायकले अर्बौं लगानी गरेका छन् ।

अहिले विश्वबजारमा फाइभजी प्रविधिको विकास हुँदैछ । सो प्रविधि आएपछि प्राप्त हुने उच्च गतिको सुविधायुक्त इन्टरनेट सेवाबाट प्राप्त हुने ‘जेरो लेटेन्सी’बाट अनेकन लाभ प्राप्त गर्न सकिने विज्ञले बताउँदै आएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.