add

टेलिकमको‘फाइभजी’आइतवारदेखि, परीक्षण अवधिभर निःशुल्क






ActPro Nepal

|

१६ पुष, २०७९

|
596

काठमाडौं । नेपालमा सरकारी स्वामित्वको नेपाल टेलिकमले आइतवारदेखि ‘फाइभजी’ परीक्षण थाल्ने भएको छ ।

अङ्ग्रेजी वर्ष २०२३ को अवसर पारी कम्पनीले काठमाडौंस्थित बबरमहल र सुन्धारा क्षेत्रबाट यो सेवाको परीक्षण गर्न लागेको हो ।

परीक्षण अवधिमा ग्राहकले निःशुल्क रुपमा फाइभजीको अनुभव लिन सक्नेछन् । प्राधिकरणले परीक्षणका लागि २६०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ ।

नेपालमा हाल टूजी, थ्रीजी र फोरजी प्रविधि प्रयोगमा छ । फोरजीमा सेवा प्रदायकले अर्बौं लगानी गरेका छन् ।

अहिले विश्वबजारमा फाइभजी प्रविधिको विकास हुँदैछ । सो प्रविधि आएपछि प्राप्त हुने उच्च गतिको सुविधायुक्त इन्टरनेट सेवाबाट प्राप्त हुने ‘जेरो लेटेन्सी’बाट अनेकन लाभ प्राप्त गर्न सकिने विज्ञले बताउँदै आएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.