add

नेपाली नागरिकता लिने म्यानमारका नागरिक पक्राउ






ActPro Nepal

|

१० पुष, २०७९

|
452

काठमाडौं । नेपाली भएको भन्दै झुटो विवरण पेस गरेर नागरिकता र राहदानी प्रमाणपत्र लिने म्यानमारका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोहमद नुर आलम रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। 

१० वर्षअघि म्यानमारबाट नेपाल आई उनी सर्लाही त्रिभुवननगरमा बस्दै आएका थिए। आफू नेपाली नागरिककै सन्तान भएको विवरण पेस गरी उनले नागरिकता र राहदानी बनाएका हुन्।

ठगीसम्बन्धी एक घटनाको अनुसन्धानमा उनलाई पक्राउ गर्दा नागरिकता र राहदानीको विवरण पत्ता लागेको अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले बताए। आलमले झुटो विवरण पेस गरी नेपाली नगरिकता लिएको र सोही नागरिकताका आधारबाट राहदानी विभाग काठमाडौंबाट राहदानीसमेत प्रमाणित भएको प्रहरीले जनाएको छ। उनले सर्लाहीको मदरसामा पढाउँदै आएका थिए। 

सुरुमा उनीमाथि किर्ते मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ। झुक्याएर नागरिकता लिएको घटनामा सर्लाहीबाट थप अनुसन्धान गराउन प्रहरी तयारी छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.