add

पाँच किलो गाँजासहित एक जना पक्राउ






ActPro Nepal

|

१० पुष, २०७९

|
413

विराटनगर ।  विराटनगर महानगरपालिका–४ एयरपोर्ट नहरबाट ५ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोसाकमा खटिएको टोलीले लागूऔषध गाँजासहित विराटनगर–११ का २८ वर्षीय गोरे भनिने अस्मन राईलाई पक्राउ गरेको हो। 

राईले चलाएको को ३८ प ७९५१ नम्बरको स्कुटर प्रहरीले शनिबार साँझ ५ बजेतिर नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो। चेकजाँच गर्दा स्कुटरभित्र गाँजा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार गाँजा फेला परेपछि स्कुटर नियन्त्रणमा लिएर चालकलाई पक्राउ गरिएको छ। गाँजा कहाँबाट ल्याइएको र कता लगिएको हो भन्ने बारेमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। गाँजासहित पक्राउ परेका राईलाई भने प्रहरीले लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.