add

नक्कली नोटसहित तीन जना पक्राउ






ActPro Nepal

|

१० पुष, २०७९

|
401

काठमाडौं । बाराको आदर्शकोतवाल गाउँपालिका–६ हरनैया चोकबाट नक्कली नेपाली नोटसहित तीन जना पक्राउ परेका छन् । 

प्रहरीले नेपाली एक हजार रुपैयाँ दरको नक्कली नोटसहित उनीहरूलाई पक्राउ गरेको हो । 

३ सय ४० थान नक्कली नोटसहित सोही गाउँपालिका–६ पटेर्वा बस्ने २१ वर्षीय रामसिनाही कुर्मीसमेत ३ जनालाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोट र २ वटा भारतीय नम्बरको मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.