add

मनतातो पानी पिउनुहुन्छ ? थाहा पाउनुहोस् यसका फाइदाहरू






ActPro Nepal

|

८ पुष, २०७९

|
442

काठमाडाैं । पानी एक प्राकृतिक औषधि हो जसले विभिन्न रोगहरूलाई निर्मुल गर्न तथा लाग्नबाट बचाउँछ । स्वास्थ्यका लागि पानी पिउनु अत्यन्त जरूरी छ । यसले शरीरको विषालु पदार्थ बाहिर निकाल्छ र रोगहरू हटाइदिन्छ ।

सामान्यतया मनतातो पानी भन्नाले उमालेको तर न चिसो न तातो जसलाई सजिलैसँग मानिसले पिउन सक्नेलाई बुझाउँछ । यसले पाचन सुधार गर्नुका साथै, कब्जियतको समस्यालाई पनि निर्मुल गरि शरीरलाई आराम महसुस गराउँदछ। 

त्यसैगरी मनतातो पानी जाडो मौसममा मात्र नभएर यो हरेक मौसमका लागि लाभदायक छ । अध्ययनकाअनुसार मनतातो पानीले केहि हदसम्म शारीरिक दुखाइहरुलाईसमेत कम गर्ने गर्दछ। 

जानिराखौं मनतातो पानी पिउनुको अचुक फाइदाहरु :-

१. पाचन प्रणालीको सुधार : 

दैनिकरुपमा मनतातो पानीको सेवनले पाचन प्रणालीलाई सुधार गर्नुको साथै यसले खानालाई सजिलै पचाउन मद्दत गर्दछ। यसले कब्जियत भएका व्यक्तिलाईसमेत रामवाणको काम गर्दछ।

 कतिपय मानिसहरुलाई जाडो मौसममा पिसाब सम्बन्धी समस्या हुने गर्दछ, जसका कारण उनीहरु आवश्यकभन्दा बढी शौचालय गइराख्नु पर्ने हुन्छ । यस्तो समस्याबाट बच्न यदि त्यस्ता मानिसले जाडो मौसममा सधैं मनतातो पानी पिउँदा यस्ता समस्याहरु हटेर जान्छ।

२. रुघाखोकीलाई टाढा राख्दछ :

 चिसो मौसममा प्रायः मानिसलाई रुघाखोकी लाग्ने गर्दछ । दैनिक मनतातो पानीको सेवनले जाडो मौसममा हुने सम्पूर्ण भाइरल तथा संक्रमणहरुलाई टाढा राख्दछ। त्यसैगरी, यदि कोहि संक्रमण व्यक्तिको सम्पर्कमा जाँदा संक्रमणबाट जोगिन पनि नियमित पिउने मनतातो पानीले जोगाउँछ ।

३. रक्त प्रवाहमा सहयोग : 

दैनिक मनतातो पानीको सेवनले शरीरमा रक्त प्रभाह राम्रो संग हुने गर्दछ । यदि शरीरमा राम्रोसँग रक्त प्रवाह भयो भने रक्तचापदेखि हृदय सम्बन्धी रोगको जोखिम कम भएर जान्छ। त्यसैगरि रात्रीकालिन अवस्थामा मनतातो पानीले नुहाउँदा आरामदायी निद्रा लाग्ने गर्छ।

४. तनाव घटाउन सहयोगी : 

एक अध्ययनकाअनुसार नियमितरुपमा मनतातो पानि पिउँदा केन्द्रीय स्नायु प्रणालीको कार्यहरु सुधार हुनुको साथै यसले चिन्ता वा तनावबाट मुक्ति दिने गर्दछ। त्यसैगरी, यदि त्यस मनतातो पानिमा थोरै दूध मिसाएर पिउँदा मानिसलाई शान्त महसुस गराई कार्यक्षमतालाई वृद्धि गर्ने गर्दछ।

५.अनावश्यक तौल घटाउन मद्दत गर्दछ : 

जाडो मौसममा मानिसहरु प्रायः चिल्लो, पिरो, फ्राई तथा अन्य परिकारका खानाहरु सेवन गर्ने गर्दछन् र यी खानाहरु चिसो मौसममा पच्ने पनि गर्दछन्। अन्ततः यसले तौल बढ्ने समस्या निम्त्याउँछ, जसले गर्दा जाडो मौसममा प्रायको तौल बढ्ने गर्दछ। यदि नियमित रुपमा मनतातो पानी पिउँदा यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.