add

सिरियल किलर चार्ल्स शोभराज जेलबाट रिहा






ActPro Nepal

|

७ पुष, २०७९

|
399

काठमाडौं । कुख्यात अपराधी चार्ल्स शोभराज सुन्धारस्थित केन्द्रीय कारागारबाट छुटेका छन् । 

बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी बिहीबार साँझ जेलमुक्त भएका हुन् ।

शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया शुरु गर्ने बताइएको छ ।

सर्वोच्चले उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ । बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्था छ । शोभराजले २०३२ सालमा जबरजस्ती करणी गरी दुई विदेशी नागरिकलाई हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदाललते २०६० असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म कैदमा राख्न आदेश दिएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.