add

आहा रारा गोल्डकपमा १० टोली






ActPro Nepal

|

६ पुष, २०७९

|
275

काठमाडौं । आहा  रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औं संस्करण पुस १४ देखि २३ गतेसम्म हुने भएको छ । 

आयोजक सहारा क्लब पोखराले मंगलबार एक विज्ञप्तिमार्फत प्रतियोगिताको मिति तय गर्दै सहभागी हुने १० टोली पनि सार्वजनिक गरेको हो ।

प्रतियोगितामा  साविको विजेता नेपाल एपीएफ क्लबसहित, त्रिभुवन आर्मी फुटबल क्लब, आयोजक सहारा क्लब पोखरा, नेपाल पुलिस फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, संकटा क्लब र धरान फुटबल क्लब र अमेरिकाको बिवाईएससीले सहभागिता जनाउने छन् ।

आयोजकले पोखरा रंगशालामा हुने प्रतियोगिततको पुरस्कार राशिमा वृद्धि गरिएको जनाएको छ । यस पटकको विजेताले १२ रुपैयाँ लाख पाउने भएको छ । अघिल्लो संस्करणको विजेताले १० लाख रुपैयाँ प्राप्त गरेको थियो ।

उपविजेतालाई ६ लाख रुपैयाँ दिइने भएको छ । अघिल्लो संस्करणको उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गरेको थियो । अघिल्लो संस्करणमा नेपाल एपीएफले मनाङ मर्स्याङ्दीलाई हराउँदै उपाधि जितेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.