add

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा भारी गिरावट






ActPro Nepal

|

४ पुष, २०७९

|
335

काठमाडौं,। शेयर बजारमा झिनो अंकको बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ३.८३ अंकले बढेर १८५८.८९ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५१ कम्पनीको ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँ बराबरको २६ लाख ९९ हजार ३३१ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये ४ वटा घटेको छ भने अन्य बढेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । आइतवार १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

झिनो अंकले बढेको बजारमा धौंलागिरी लघुवित्त कम्पनीको शेयरमूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ । त्यसैगरी, खप्तड लघुवित्त ६.०८, सीवाइसी नेपाल लघुवित्त ५.९८, नबिल ब्यालेन्स फण्ड २ को सेयर मूल्य ५.०९ प्रतिशतले बढेको छ ।

इष्टर्न हाइड्रोपावर कम्पनी र ग्लोबल आईएमई ब्यालेन्स फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी प्राइम कमर्शियल बैंकको भएको छ । यसको आज ६ करोड ९३ लाख भन्दा बढीको कारोबार भएको छ ।

फरवार्ड माइक्रोफाइनान्सको ५ करोड ४९ लाख र हिमालय डिस्टिलरीको ४ करोड २७ लाखको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.