add

विश्वकप उपाधिसँगै मेस्सी सर्वोत्कृष्ट खेलाडी घाेषित, गोल्डेन बुट एमबाप्पेको पोल्टामा






ActPro Nepal

|

४ पुष, २०७९

|
397

काठमाडौं। आफ्नो कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कप्तान लियोनल मेस्सी कतारमा आइतबार राति सम्पन्न २२औं फिफा विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका  छन ।

८८ हजार दर्शक क्षमताको लुसेल आइकोनिक स्टेडियममा भएको रोमाञ्चक र सनसनीपूर्ण फाइनल भिडन्तमा मेस्सी प्रेरित अर्जेन्टिनाले टाइब्रेकरमा साविक विजेता फ्रान्सलाई ४-२ गोलले हराउँदै उपाधि जितेको हो ।

सर्वोत्कृष्ट खेलाडीसँगै मेस्सीले ब्यक्तिगत गोल्डेन बल पुरस्कार पाए । निर्धारित समयमा २-२ र अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा सकिएको खेलमा टाइब्रेकरमा पुगेर अर्जेन्टिनाले बाजी मारेको थियो । फाइनल खेलमा मेस्सीले दुई गोल गरे। उनले टाइब्रेरममा पनि पहिलो गोल गर्दै टोलीको मनोबल उच्च राखेका थिए ।

पाँचौं पटक विश्वकप खेलेका ३५ वर्षीय मेस्सीले विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने खेलाडीको कीर्तिमानसमेत रचेका छन । उनले यसअघि जर्मनीका पूर्व मिडफिल्डर लोथर माथ्युसको नाममा रहेको २५ खेलको कीर्तिमान तोडेका हुन ।

फाइनल खेलमा दुई गोल गरेका मेस्सीले यस विश्वकपमा सात गोल गरे । उनले चार गोलका लागि असिस्ट पनि दिएका थिए । मेस्सी विश्वकपमा सर्वोकृष्ट खेलाडी भएका दोस्रो पटक हो । यसअघि उनले सन् २०१४ को विश्वकपमा पनि अवार्ड जितेका थिए। यसैगरी फिफा विश्वकपको गोल्डेन बुट अवार्ड फ्रान्सका युवा स्टार केलिएन एमबाप्पेले जितेका छन । सर्वाधिक गोल कर्तााले पाउने अवार्डका लागि एमबाप्पेले आठ गोल गरेका थिए ।

उनले अर्जेन्टिनामा मेस्सीलाई एक गोलले पछि पार्दै यस अवार्ड जितेका हुन । फाइनलमा सनसनीपूर्ण प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरेका २३ वर्षीया एमबाप्पेको फ्रान्सलाई लगातार दोस्रो पटक उपाधि दिलाउने धोको भने पूरा भएन । 

यससँगै एमबाप्पेको विश्वकपमा व्यक्तिगत गोलसङ्ख्या १२ गोल पुगेको छ । एमबाप्पेले सिल्भर बलसमेत प्राप्त गरे । ब्रोन्ज बल क्रोएसियाका लुका मोड्रीचलाई प्रदान गरियो ।

विश्वकपका उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने गोल्डेन ग्लोभ अवार्ड अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले जितेका हुन । ३० वर्षीय मार्टिनेजले फाइनलमा उत्कृष्ट प्रदर्शन गरे ।

उनले टाइब्रेकरमा फ्रान्सको प्रहार समेत बचाएका थिए । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका निर्वाह गरेका मार्टिनेजले सबै खेल पूरा समय खेलेका थिए ।

उनले क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्सविरुद्धको दुवै टाइब्रेकरमा उत्कृष्ट खेल पस्के । अर्जेन्टिनाले यसअघि कोपा अमेरिका कप जित्दा पनि मार्टिनेजले उत्कृष्ट गोलरक्षक भएका थिए । 

यसैगरी फिफा योङ प्लेयर अवार्ड अर्जेन्टिनाका इन्जो फर्नान्डेजले जितेका थिए । यस अवार्ड २१ वर्षभन्दा मुनिमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ।

कतार विश्वकप उपाधिसँगै अर्जेन्टिनाले ४२ मिलियन अमेरिकी डलर पुरस्कार पाएको छ । यो रकम सन् २०१८ को २१औं संस्करणभन्दा चार मिलियन अमेरिकी डलरले बढी हो ।

विजेता अर्जेन्टिनाले नगदसहित सुनको जडित ६.१ किलोग्रामको आकर्षक ट्रफीसमेत हात पारेको छ । उक्त सक्कली ट्रफी रनिङ ट्रफी हो । कुनै पनि देशले लगातार तीन पटक विश्वकप जितेमा मात्र सक्कली ट्रफी सधैँका लागि लैजान पाउने व्यवस्था छ ।

यस्तै उपविजेता फ्रान्सले ३० मिलियन अमेरिकी डलर पाएको छ । तेस्रो भएको क्रोएसियाले २७ मिलियन अमेरिकी डलर र चौथो भएको मोरोक्कोले २५ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।

यसैगरी क्वार्टरफाइनलमा पुगेका टोलीले १७ मिलियन, अन्तिम १६ मा पुगेको प्रत्येक टोलीले १३ मिलियन र समूह चरणमा खेल्ने सबैले नौ मिलियन अमेरिकी डलर प्राप्त गरेका छन्  । एजेन्सी 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.