add

सत्तारूढ गठबन्धन स्वार्थको सौदाबाजीमा अल्मलिरहेको छ : महासचिव पोखरेल






ActPro Nepal

|

३ पुष, २०७९

|
278

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन सरकार गठननजिक भए पनि अबको प्रधानमन्त्री को भन्न सक्ने अवस्थामा नरहेको बताएका छन । 

आइतबार उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा उनले सत्तारूढ गठबन्धन सरकार गठनको नजिक भए पनि स्वार्थको सौदाबाजीमा अल्मलिरहेको बताए । आफ्नो पार्टीलाई सरकार गठनको जनादेश प्राप्त नभएकोले तत्काल सरकारको नेतृत्व गर्ने अवस्थामा नरहेको उनको भनाइ थियो । 

गठबन्धन राष्ट्रको चुनौती सामना गर्ने विषयमा असफल रहेको उनलेआरोप लगाए । गठबन्धन ‘स्वार्थहरूको झुन्ड’ भएकाले राष्ट्रिय समस्या समाधान गर्न नसक्ने महासचिव पोखरेलको टिप्पणी छ ।

पोखरेलले चौतर्फी घेराबन्दी र आक्रमणबीच एमाले जनताको पहिलो पार्टीका रूपमा स्थापित भएको उल्लेख गरे । एमाले धेरै जिल्लामा ‘क्लिन स्वीप’ गर्ने पार्टी बनेको समेत उहाँले दाबी गरे । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.