add

बाराही हाइड्रोपावर आइपीओ बाँडफाँड, ११ लाख बढी आवेदकको हात खाली






ActPro Nepal

|

३ पुष, २०७९

|
367

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँड भएको छ ।

विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल मार्केटले आइतवार बिहान १० बजे आफ्नै कार्यालय लाजिम्पाट बाँडफाँड गरेको हो ।

आइपीओमा मागभन्दा २६.९२ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँड भएको छ ।

यसमा यसमा १२ लाख १६ हजार १५३ जनाले कुल १ करोड ३८ लाख ७१ हजार २२० कित्ताको लागि आवेदन दिएका थिए ।

सर्वसाधाणलाई छुट्याइएको ५ लाख १५ हजार २२० कित्ता शेयरका आधारमा ५१ हजार ५२२ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले मात्र आइपीओ हात पारेका छन् । ।

सदर आवेदकमध्ये ११ लाख ३९ हजार ७६२ को हात खाली भएको छ। कुल ११ लाख ९१ हजार २८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको वेबसाइट र बाराही हाइड्रोपावरको वेबसाइट https://barahihydropower.com.np बाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.