add

विलम्ब नगरी मेट्रो रेलको आवश्यक तयारी गर्नुपर्छ : चिरिबाबु महर्जन






ActPro Nepal

|

३ पुष, २०७९

|
331

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रो रेलको विकल्प नरहेको बताएका छन । 

शनिबार ललितपुर महानगरपालिकाको १०४औँ स्थापना दिवसका अवसरमा उनले मेट्रो रेल धेरै महँगो छ भनेर पछाडि हट्न नहुने बताए । मोटरसाइकल थपेर उपत्यकामा ट्राफिक जाम बढाउनुभन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्नेमा उनले जोड दिए । मेट्रो रेलको विकल्प मोेटरसाइकल हुन नसक्ने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय अध्ययनानुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको भन्दै उनले विलम्ब नगरी मेट्रोको आवश्यक तयारी गर्नुपर्ने बताए। 

उनले मेट्रो रेलका लागि संघीय सरकारको अनुहार हेरेर कहिल्यै सम्भव नहुने भन्दै काठमाडौं र ललितपुर महानगरपालिकालगायत काठमाडौं उपत्यकाका १८ पालिकाको राम्रो भूमिका यसमा हुनुपर्ने बताए। विशेष गरी मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले प्रमुख भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । 

मेट्रो रेल सञ्चालन गर्ने निर्णय अहिले गर्नसके अर्को १० देखि १५ वर्षसम्ममा त्यो सम्पन्न हुने उनको भनाइ थियो। 

मेयर महर्जनले आफ्नो दोस्रो कार्यकालमा अझै बढी काम गरेर देखाउने प्रतिवद्दता व्यक्त गरे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.