add

तीन वटा रियालिटी शो एकसाथ घोषणा






ActPro Nepal

|

२ पुष, २०७९

|
498

काठमाडौं  । स्पेस फोर के टेलिभिजनले एकसाथ तीन वटा रियालिटी शो घोषणा गरेको छ । टेलिभिजनले बालबालिकाहरुको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाहरुको नृत्य शो ‘र्याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा गरेको हो । 

काठमाडौंको एक पाँच तारे होटलमा पत्रकार सम्मेलन गरी स्पेस फोर के ले एकसाथ तीनवटा रियालिटी शोको टिजर र त्यसको अवधारणा सार्वजनिक गर्नुका साथै सबै शोका निर्णायक, निर्देशक र टिम समेत सार्वजनिक गरेको छ ।

पत्रकारहरूको बाक्लो सहभागिता रहेको पत्रकार सम्मेलनमा तीन वटै रियालिटी शोका निर्णायक तथा निर्देशकहरूले आ–आफ्नो शोका बारेमा जानकारी गराएका थिए । र्याप स्टारको निर्णायकमा चर्चित र्यापर गिरिश खतिवडा, मिस्टर डी सन्दिप बिस्ट र अभिजित भण्डारी रहेका छन् ।

 त्यसैगरी जस्ट डान्स लिटिल मास्टर्समा चर्चित नायिका सञ्चिता लुईटेल, चर्चित कोरियोग्राफर प्रदिप लामा, वलिउडमा काम गरेर चर्चा कमाएका हिपहप डान्सर प्रकाश बिके रहेका छन भने फस्ट डेटका क्रियटर तथा प्रोजेक्ट हेड चर्चित नायक तथा प्रस्तोता रेमन्ड दास श्रेष्ठ, क्रियटिभ हेड सन्जीप रत्न शाक्य र निर्देशक नेपालकै कान्छा रियालिटी शो निर्देशक आश्वीन न्यौपाने रहेका छन् । 

कार्यक्रममा स्पेस फोर के टेलिभिजनका अध्यक्ष डा. दिनेश कुमार शाहीले नेपाली समाजमा लुकेर रहेका प्रतिभा क्षमताहरूलाई अन्वेषण गर्ने र त्यस्ता क्षमताहरूलाई स्थापित गरेर देशमा सकारात्मक सन्देश फैलाउन रियालिटी शोहरू ल्याइएको बताए । 

तीन वटै रियालिटी शोका बारेमा पक्कै पनि विभिन्न कोणबाट चर्चा हुनसक्ने उल्लेख गर्दै उनले यी शो मनोरन्जन र सन्देशमूलक दुबै हुने बताए । 

आजको विकसित समाज धेरै खुल्ला र अगाडि बढिसकेको उदाहरण दिँदै उनले नेपाली समाज भने अझै संकीर्ण र रुढिगत रहेको टिप्पणी गरे । 

कार्यक्रममा जस्ट डान्स लिटिल मास्टरर्सका निर्णायक तथा नायिका सञ्चिता लुइटेलले बच्चाहरूको बालमनोविज्ञानमा आधारित भएर बालबालिकाहरूमा रहेको क्षमतालाई प्रष्फुटन गर्न यो शोले महत्त्वपूर्ण योगदान गर्ने बताए । उनले बालबालिकाहरू काँचो माटो भएको र उनीहरूमा भरपूर सिर्जनात्मकता हुने बताए । त्यो क्षमतालाई यो शो ले राम्रो एक्सपोजर दिने बताए ।  

त्यसैगरी र्याप स्टारका निर्णायक तथा चर्चित र्यापर गिरिश खतिवडाले नेपाली समाजमा र्यापलाई हेर्ने दृष्टिकोण फरक भए पनि र्याप विधाले समाजको चित्रण गर्ने बताए । 

पे्रमिल जोडीहरूमा आधारित भएर निर्माण गरिएको डेटिङ रियालिटी शो फस्ट डेटले  दर्शकहरूलाई मनोरञ्जन दिनुका साथै सपरिवार हेर्न मिल्ने गरी सभ्य तरिकाले निर्माण गरिने सर्जक रेमन्ड दास श्रेष्ठले बताए । 

डेटिङ रियालिटी सो फस्ट डेट फागुन महिनामा, त्यसैगरी डान्स रियालिटी सो जस्ट डान्स लिटिल मास्टर्स आउँदो बैशाख र सिङ्गिङ रियालिटि सो र्याप स्टार पुस महिनादेखि स्पेस फोर के टेलिभिजनबाट प्रसारण हुनेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.