add

नेप्से परिसूचक १४.४८ अङ्कले घट्यो, १ अर्ब १९ करोडको कारोबार






ActPro Nepal

|

२९ मंसिर, २०७९

|
380

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) १४.४८ अंकले घटेर १८८२.६० विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २५४ कम्पनीको १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँ बराबरको ४८ लाख ४ हजार २७९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार बढेको छ । बुधवार ७२ करोड ७८ लाख ७७ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा समूहको परिसूचक घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा इष्टर्न हाइड्रोपावर र रुरु जलविद्युत कम्पनीको शेयरमूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनसीसी बैंकको भएको छ । यसको आज २२ करोड ८९ लाख भन्दा बढीको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.