add

अमला किन खाने ? यस्ता छन् अमला खानुका फाइदाहरू






ActPro Nepal

|

२९ मंसिर, २०७९

|
550

काठमाडौं । अमलाको सिजन छ । स्वास्थ्यका दृष्टिकोणले अमलालाई एकदमै लाभदायी फलका रूपमा लिइन्छ । अमिलो खान मन पर्ने मानिसका लागि यो एकदमै प्रिय फल हो । 

sअमला भिटामिन सीको ठूलो स्रोत हो । यसलाई घरायसी औषधिका साथै आयुर्वेदमा पनि औषधिका रूपमा प्रयोग गरिन्छ । अमला सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्दछ । 

भिटामिन सी शरीरका लागि अत्यावश्यक चिज हो । जसको कमीका कारण स्कर्भी, छालाको रोग, रक्तनली र मुटुको रोग लाग्ने सम्भावना हुन्छ । अमलाले भिटामिन सीको परिपूर्ति गर्छ । 

यसलाई भिटामिन सीको भण्डार नै मानिन्छ । महिलामा हुने सेतो पानी बग्ने समस्याबाट छुटकारा पाउन अमलाको सेवन गर्नु एकदमै उत्तम हुन्छ । 

अमलाको ३ देखि ५ ग्राम धुलोलाई एक चम्चा महमा मिलाएर खाँदा समस्या केही हदसम्म कम हुन्छ । यसले पेट दुख्ने समस्याका लागि फाइदा पुर्याउँछ । 

अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई दैनिक प्रयोग गर्ने हो भने कब्जियत हुनबाट बचाउँछ । यस्तै, सुकेको अमलामा हर्रो र बर्रोको धुलो नियमित रूपमा पानीसँग मिसाएर खाँदा आउँ, अपच भएकालाई फाइदा हुन्छ । 

अमलाको चुर्णलाई पानीमा उमालेर कुल्ला गर्नाले दाँत बलियो हुनुका साथै चम्किलो पनि देखिन्छ ।यो नियमीत रुपमा खानाले शरीर बलियो फूर्तिलो समेत हुन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.