add

टीसीएलले नेपालमा ल्यायो ‘गुगल टीभी’,यस्ता छन् थपिएका विशेषता






ActPro Nepal

|

२८ मंसिर, २०७९

|
443

काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टीभी ब्रान्ड टीसीएलले नेपालमा गुगल टीभी भित्र्याएको छ। गुगल टीभी भनेको प्रयोगकर्तालाई सहज र सरल तरिकाले टीभी चलाउन मद्दत गर्ने अत्याधुनिक युजर इन्टरफेस/ओएस हो। यसमा प्रयोगकर्ताले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपहरुमा नगईकन होम स्क्रिनबाट नै सेलेक्ट गरेर हेर्न सक्छन्।

गुगल टीभीको प्रारम्भिक सेटअपपछि प्रयोगकर्ताले गुगल टीभीको होम स्क्रिन देख्न सक्नेछन्। होम स्क्रिनमा विभिन्न एप, चलचित्र र टीभी कार्यक्रमको स्लाइडहरु हुन्छन्। जुन प्राथमिकताका आधारमा देखाइन्छ। टीसीएल गुगल टीभी परम्परागत स्मार्ट टीभीभन्दा एक कदम अगाडि छ किनकि यसमा गुगल प्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेरेन्स छन्। जसले गर्दा प्रयोगकर्ताले टीभी चलाउँदा ज्यादै नै सहज र सजिलो महसुस गर्दछन्।

यसबाहेक गुगल टीभीले टेलिभिजन अनुभव सुधार्नका लागि क्रोमकास्ट र ब्युल्ट इन गुगल एसिस्टेन्टमा पहुँच प्रदान गरेको छ। गुगल टीभीले नयाँ संस्करणहरुलाई पनि अटोमेटिकल्ली अपडेट गर्दछ। हालै टीसीएलले P735 4K HDR Google TV with camera (७५ इन्च), C735 QLED 4K Google TV with camera (६५ र ५५ इन्च) र P635 4K HDR Google TV(६५, ५५, ५० र ४३ इन्च) गरी कुल ३ प्रकारका गुगल टेलिभिजन बजारमा ल्याएको छ।

नेपाल अधिराज्यभर टीसीएल ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी ईओएल रहेको छ। सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाण्डौभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, कीर्तिपुर, हात्तीगौँडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाण्डौबाहिर इटहरी, हेटौँडा, भरतपुरमा छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.