add

२० वर्षदेखि युएईको जेलमा रहेका अमर बमको रिहाइमा जुटे दुर्गा प्रसाई






ActPro Nepal

|

२७ मंसिर, २०७९

|
310

काठमाडौं । २० वर्षदेखि यूएईस्थित् जेलमा रहेका दार्चुलाका अमर बमको रिहाईको लागि समाजसेवी एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पहल थालेका छन् ।

प्रसाईंले आफूले बमको रिहाईको लागि युएईका राजकुमारलाई पत्र लेखिसकेको पनि स्पष्ट पारे । आज (मंगलबार) अमर बम फर्काउ अभियानले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा बोल्दै प्रसाईंले बमको रिहाइको लागि आफूले पहलकदमी थालेको बताएका हुन् ।

वैदेशिक रोजगारीको सिलसिलामा यूएई पुगेका दार्चुलाका अमर बम २० वर्षदेखि बिना कसुर जेलमा बस्न बाध्य भएको अभियानको गुनासो छ । अभियानले सरकारको लापरवाही र लाचारीको कारण बमको स्वदेश फिर्तीमा ढिलाई भएको पनि आरोप लगाएको छ ।

नेकपा एमालेका नेतासमेत रहेका समाजसेवी प्रसाईंले जेलमा रहेका बमलाई फर्काउन आफुले यूएईका राजकुमारलाई पत्र पठाइसकेको उल्लेख गरे । उनले भने–‘मैले केही महिनाअघि नै यूएईका राजकुमारलाई पत्र पठाइसकेको छु ।’

उनले आफूले विगत केही वर्षदेखि खाडी मुलुकमा आपत्विपत्मा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको बताउँदै भोलिका दिनमा पनि विदेशमा दुःखमा परेका नेपालीहरुको सहयोगका लागि तयार रहेको विश्वास दिलाए ।

उनले आफ्नो पहलमा १७ वटा शव नेपाल ल्याएको र दुवईस्थित् जेलमा रहेका ३७ जनाभन्दा बढि नेपालीहरुलाई स्वदेश फर्काउन सफल भएको पनि सुनाए । उनले नेपाली मिडियाहरुले आफूलाई सिध्याउने खेलमा लागेको गुनासो समेत पोखे । उनले भने–‘मलाई शव ल्याउने बेला दुर्गा प्रसाईले शवमा सुन तस्करी गर्याे भन्ने आरोप पनि लगाए ।’ आफूले दुःखमा परेका नेपालीहरुको उद्धार सहृदय भावले गरिरहेको पनि पनि उनको भनाई छ ।

उनले आफ्नो व्यक्तिगत खर्चमा यस्तो कार्यमा वार्षिक १० लाख सहयोग गर्ने गरेको उल्लेख गरे । प्रसाईले आफू सधैं नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्व रहेको उल्लेख गरे । अमर बमको उद्वारलगत्तै ६४ जनाको शव नेपाल ल्याउन आफूहरु छलफलमा रहेको पनि उनले जानकारी दिए ।

दार्चुलाका अमर बम विवाह गरेको एक महिनामै परिवारको खुसी किन्नका लागि भारत पुगेका थिए । भारत पुगेका उनलाई भारतीय दुई नगारिकले जालझेलमा पारी यूएई पुर्याएका थिए । पीडित अमरले यूएईस्थित जेलबाट आफ्नो उद्वार गर्न सरकारले कुनै प्रकारको पहल नगरेको गुनासो पोखे । सो क्रममा उनले आफूलाई छिटो स्वदेश फर्काउन आग्रह गरे ।

पत्रकार सम्मेलनमा वैज्ञानिक कपिल पौडेलले पनि आफ्नो धारणा राखेका थिए । बमलाई पाँच वर्षअघि नै राष्ट्रपतिले नेपाल फर्काईएको भनेर भनिएको भएपनि अहिलेसम्म बम जेलमै रहेको कुरा थाहा पाउनु दुःखद् भएको सुनाए । उनले प्रसाईलाई आफूले राष्ट्रवादी व्यक्तित्वको रुपमा चिनेको सुनाए । विदेशमा रहेका नेपालीहरुको धेरै विलौना रहेको र दुःखमा रहेको सुनाए । उनले अब दुर्गा प्रसाईको काम आएको सुनाए ।

उनले भने,‘अब दुर्गा प्रसाईले बोल्ने भएको छ । अहिले अर्थमन्त्री हुनेलाई रवि लामिछाने बोल्न सक्छन् कि सक्दैनन्, प्रश्न यहाँ छ । दुर्गा प्रसाईले बोल्न सक्नुहुन्छ कि हुन्न ? यो प्रश्न हो ।’ उनले देशको शिक्षा प्रणाली पनि गन्हाउने अवस्थामा रहेको सुनाए ।

सो क्रममा समाजसेवी जेरी ताम्राकारले पनि बोलेका थिए । उनले आफूहरुले साउदी, मलसेयिालगायतका देशबाट नेपालीहरुको उद्धार गरेको सुनाए । उनले दुर्गा प्रसाईले विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गरेको र विदेशमा निधन भएका नेपालीहरुको शव नेपाल ल्याउने काम गरेको भन्दै प्रशंसा गरे । उनले दुर्गा प्रसाईजस्तो व्यक्ति सरकारको नेतृत्व तहमा पुग्नुपर्ने बताए । पत्रकार सम्मेलन कार्यक्रम भने इशा खड्काले सञ्चालन गरेकी हुन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.