add

झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट






ActPro Nepal

|

२७ मंसिर, २०७९

|
302

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २.५७ अंकले घटेर १८९९.७० विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २४८ कम्पनीको ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ बराबरको २० लाख ५८ हजार ५१० कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबारमा भारी गिरावट आएको छ । सोमवार १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ९ वटा समूह घटेको छ भने अन्य सबै हरियो भएको छ ।

झिनो अंकले घटेको बजारमा सीवाइसी नेपालको शेयर मूल्यमा पोजेटिक सर्किट लागेको छ । यसका शेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, सान्जेन जलविद्युत् ७.७३, माथिल्ले तामाकोशी ५.११, रसुवागढी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको शेयर मूल्य ३ प्रतिशतले बढेको छ ।

नविल बैंकको शेयरको सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड १७ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । नेपाल टेलिकम ६ करोड र समिट लघुवित्त साढे ४ करोड बढीको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.