add

चुनाव लगानी गर्ने र असुल्ने दोकान बन्नु चिन्ताको विषय : मुख्यमन्त्री भट्ट






ActPro Nepal

|

२५ मंसिर, २०७९

|
301

धनगढी ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चुनाव लगानी गर्ने र लगानीको प्रतिफल असुल्ने माध्यममात्रै बन्न लागेको बताएका छन्c

चुनावमा गरिने खर्च हेर्दा टिकट ल्याउनदेखि जित्नसम्म करोडौं खर्च गर्ने र जितेपछि त्यो असुली गर्ने दाउ बन्ने गरेको मुख्यमन्त्री भट्टको भनाई छ।

धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले चुनावमा करोडौं खर्च गर्ने उम्मेदवारले चुनाव जितेपछि समाजका लागि काम गर्न नसक्ने उनको तर्क थियो। उसले कामभन्दा पनि आफूले लगानी गरेको पैसा असुल्ने काम मात्रै गर्ने भट्टले टिप्पणी गरेका छन्।

पैसा नहुनेले अहिलेको परिस्थितिमा चुनाव लड्न सक्ने कुनै सम्भावना नै नरहेको उनले बताए। 'गरिबले टिकट नै पाउदैनन्', उनले भने, 'टिकट पाए पनि जितेको उदाहरण छैन ।'

आम मतदाताले पनि पैसा पाएमात्रै भोट दिनेगरेको मुख्यमन्त्री भट्टले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.