add

सामसुङले नयाँ बजेट स्मार्ट फोन ल्यायो






ActPro Nepal

|

२५ मंसिर, २०७९

|
532

एजेन्सी । सामसुङले आफ्नो Galaxy M04 फोन सार्वजनिक  गरेको छ। वाटरड्रप नोच डिस्प्लेको साथ ६.५ इन्चको HD डिस्प्ले पाउनेछ। यसबाहेक फोनमा ८ जीबी र्याम उपलब्ध हुनेछ । यो १६ डिसेम्बरबाट बिक्रीको लागि उपलब्ध हुनेछ।

फोटोग्राफीको लागि, ग्यालेक्सी M04 मा १३ मेगापिक्सेल र २ मेगापिक्सेलका दुई रियर क्यामेराहरू छ ।  जुन एलईडी फ्ल्यासको साथ आउँछन्। साथै फोनमा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा पनि दिइएको छ । कम्पनीले यो फोन मिन्ट ग्रीन, गोल्ड, सेतो र निलो कलरमा ल्याएको छ ।

कनेक्टिभिटीका लागि फोनमा फोरजी, डुअल ब्यान्ड वाइफाइ, ब्लुटुथ, जीपीएस र यूएसबी टाइप–सी पोर्ट जस्ता सुविधाहरू उपलब्ध गराइएको छ । सुरक्षाको लागि, फोनमा साइड माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर छ। सामसुङले फोनसँग २ वर्षको ओएस अपग्रेड अफर गर्नेछ । जसको मतलब यसले एन्ड्रोइड १४ ओएस अपडेट पनि पाउनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.