add

नेपाल भारत सीमा सुरक्षा बैठकमा महाकालीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति






ActPro Nepal

|

२२ मंसिर, २०७९

|
660

दार्चुला । नेपाल–भारत सीमा सुरक्षा बैठक बुधबार धार्चुलाको एनएच पीसीमा सम्पन्न भएको छ । 

बुधवार भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। 

भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाधेको थियो । बुधवारको बैठकले तारजालीसहितको अस्थायी बाँध हटाउने सहमति गरेको उनले बताए । 

यस्तै भारतले निर्माण गरिरहेको तटबन्धबारे दुवै देशका इन्जिनियरहरूले अनुगमन गर्ने भएका छन् ।

नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल दार्चुलाका गणपति डम्मर बिस्ट, प्रहरी प्रमुख तर्कराज पाण्डे, महाकाली नदी नियन्त्रण आयोजनाका निमित्त प्रमुख करण सिंह धामी, भारतको तर्फबाट डीएम रीना जोशी, एसडीएम दिबेश शासनीको उपस्तिथि रहेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.