add

नियम पालन नगर्ने २६ सवारी चालकको लाइसेन्स निलम्बन






ActPro Nepal

|

२१ मंसिर, २०७९

|
1034

काठमाडौँ । सवारी नियम पालन नगर्ने २६ सवारी चालकका लाइसेन्स निलम्बन हुने भएका छन् । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धेरै पटक नियम उल्लंघन गर्ने २६ सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग मिनभवन पठाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियम पाँच (५) पटकभन्दा बढी उल्लंघन गर्नेलाई यो कारबाही गरिएको हो। 

पाँच पटक नयम उल्लंघन गरेको पाएमा सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बन गर्न यातायात व्यवस्था विभाग पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।

निलम्बनका लागि पठाईएका  मध्ये एक जना चालकले ३८ पटक सम्म सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सह-प्रवक्ता अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.