add

शेयर बजारको ओरालो यात्रा जारी, परिसुचक १९३३ अंक पुग्दा ९६ करोड ५२ लाखको कारोबार






ActPro Nepal

|

२० मंसिर, २०७९

|
341

काठमाडौं  । शेयर बजारमा झिनो अंकले घटेको छ ।

कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से ४.८७ अंकले घटेर १९३३.८८ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३८ कम्पनीको ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँ बराबरको २५ लाख ८१ हजार ४२५ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जीवन बीमा, अन्य र लघुवित्त समूह बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । लगानी समूह सबैभन्दा धेरै ०.९८ प्रतिशतले घटेको छ ।

घट्दो बजारमा आज एनएमबी बैंकका शेयरधनीले सर्वाधिक ६.०७ प्रतिशत गुमाएका छन् । त्यस्तै, आइसीएफसी डिबेन्चर २०८३, एनएम्बी हाइब्रीड फण्ड १, एनएमबी ५० र एनआइसी एसिया सेलेक्ट फण्डका शेयर धनीले ३ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी साढे ५ करोड र रिडी पावर ५ करोड बढीको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.