add

भारतले महाकालीको धार परिवर्तन हुनेगरी तटबन्ध बनाउँदा सरकार किन मौन ?






ActPro Nepal

|

२० मंसिर, २०७९

|
398

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नदीको बहाव नेपालतिर धकेल्नेगरी भारतले दार्चुला सदरमुकाम खलंगा पारि महाकाली किनारमा तटबन्ध बनाइरहँदा पनि सरकार नबोल्नु अस्वभनीय भएको बताएका छन्।

नेता रावलले सोमबार राति सामाजिक सञ्जालमा ट्वीट गर्दै सरकारले यो विषयमा कुटनीतिक रुपमा कुनै पहल नगर्नु लज्जाको विषय भएको बताए।

'दुई देशका नागरिकबीच ढुंगा हानाहान हुँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार चुइक्क नबोल्नु लज्जाजनक हो। दुई देशबीचको यति गम्भीर विषय प्रमुख जिल्ला अधिकारीले हेरेर हुने होइन । प्रधानमन्त्री र मन्त्रालय देशप्रति जिम्मेवाउ होऊ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।

सुदूरपश्चिमको दार्चुलाको खलंगास्थित भारतले महाकाली नदीको बीचमा तटबन्ध बनाएर धार परिवर्तन गर्दा केही दिनदेखि नेपाल र भारतका नागरिकबीच ढुंगा हानाहान हुँदैआएको छ।

आइतबार अपराह्न ४ बजेतिर दुवैतर्फबाट ढुंगा हानाहान भएको हुँदा भारतीय पक्षले प्रहार गरेको ढुंगा लागेर बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालय नजिक खेलिरहेका चार बालक घाइते भएका थिए।

नेपाली नागरिकले नदीको धार परिवर्तन गर्दा नेपालको भूमि मासिने भन्दै त्यसलाई रोक्न भारत सरकारसँग माग गर्दैआएका छन्।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.