add

लागूऔषधसहित धादिङबाट एक जना पक्राउ






ActPro Nepal

|

२० मंसिर, २०७९

|
422

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित धादिङका एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ३ घर भई हाल पोखरा-१० अम्मरसिंह चोक बस्ने ४० वर्षका किशन अधिकारी रहेका छन्।

कास्की प्रहरीका आनुसार गत शुक्रबार साँझ ७ बजे पोखरा महानगरपालिका वडा नं.३० पावरहाउसस्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्नेक्रममा अधिकारी लागुऔषधसहित पक्राउ परेका थिए। 

उनको साथबाट लागूऔषध डाईजापाम ५० एम्पुल, फेनेरागन ५० एम्पुल र नुर्फिन ५० एम्पुल गरी जम्मा १५० एम्पुल र एक थान मोवाईल बरामद भएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका अधिकारी विरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा १० म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.