add

सुपर मादी हाइड्रोपावरको आईपिओमा आजदेखि आवेदन दिन पाईने,कति कित्ता भर्न पाइन्छ ?






ActPro Nepal

|

२० मंसिर, २०७९

|
384

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आज (बिहान १० बजे)देखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका वासिन्दालाई प्रतिकित्ता १०० रुपैयाँ दरले कुल १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको छ ।

सोमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्कीको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र कास्कीको मादी गाउँपालिकाका अन्य वडा नं. ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का बासिन्दाका लागि ७ लाख ३५ हजार कित्ता निष्काशन गरेको छ ।

त्यसैगरी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि २ करोड १० लाख रुपैयाँ बराबरको २ लाख १० हजार कित्ता सेयर विक्रीमा ल्याएको छ ।

कम्पनीको आइपीओमा पुस ५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा पुस २० गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सयरका लागि आवेदन दिन पाउने छन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयका साथै मेरो सेयरबाट आवेदन दिन सक्ने छन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी रेटिङ’ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.