add

अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन कांग्रेसको निर्देशन






ActPro Nepal

|

१८ मंसिर, २०७९

|
321

काठमाडौं । नेपाली कांग्रेसले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेहरूकाे नाम केन्द्रीय अनुशासन समितिमा पठाउन जिल्ला तथा प्रदेश अनुशासन समितिलाई निर्देशन दिएकाे छ । 

पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले अन्तर्घात गरी असहयोग गर्नेविरूद्ध जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन दिएको हो ।

‘यदि जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित १५ पुसभित्र पठाउनु होला,’ समितिका सचिव प्रेम केसीले जारी गरेका विज्ञप्तिमा उल्लेख छ । कांग्रेसमा अन्तर्घातका कारण कम्तीमा १५ सिट घाटा लागेकाे आन्तरिक समीक्षा भएकाे छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.