add

उपेन्द्र यादव भन्छन्– एमालेसँगको सहकार्य सकियो






ActPro Nepal

|

१८ मंसिर, २०७९

|
1077

काठमाडौं  । जनता समाजवादी पार्टी (जसपा)ले नेकपा एमालेसँगको सहकार्य सकिएको घोषणा गरेको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आइतबार बिराटनगरमा एमालेसँग सहकार्य सकिएको घोषणा गरेका हुन् । उनले अब राजनीति नयाँ कोर्समा गएको बताएका छन् । 

उनले चुनावमा केही सिटमा मात्र एमालेसँग तालमेल गरिएको भन्दै चुनाव सकिएसँगै सहकार्य पनि सकिएको बताएका हुन्  । यद्यपी यादवले सत्ता समीकरणका लागि कुन गठबन्धनमा अगाडि बढ्ने भन्ने विषयमा भने निर्णय भइनसकेको बताएका छन् । 

यता जसपाका प्रवक्ता मनिस सुमनले एमालेसँग चुनावी तालमेल मात्र गरिएको बताए । उनले शिलापत्रसँग भने, ‘एमालेसँग हाम्रो विचार पनि मिल्दैन । चुनावको समयमा गरिएको तालमेल चुनावका लागि मात्र थियो । तर, अब राजनीति नयाँ ढंगबाट अगाडि जान्छ ।’ 

जसपा चुनावभन्दा केही दिन अगाडि मात्र सत्ता गठबन्धनबाट अलग भएर एमालेसँग तालमेल गर्न पुगेको थियो । चुनावमा अध्यक्ष यादव पराजित भएका छन् । तर, सो पार्टी राष्ट्रिय पार्टी बन्ने पनि निश्चित भइसकेको छ । उसले प्रत्यक्षमा सात सिट जितेको छ भने समानुपातिकमा पनि पाँच सिट पाउने सम्भावना छ । सत्ता समीकरणमा यो पार्टीको पनि भूमिका महत्वपूर्ण हुने देखिएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.