add

इरानसँग वेल्स पराजित, अन्तिम १६ मा पुग्ने सम्भावना न्यून






ActPro Nepal

|

९ मंसिर, २०७९

|
486

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको दोस्रो चरणको पहिलो खेलमा एसियाली टिम इरानले वेल्सलाई पराजित गरेको छ। खेलको अन्तिम समयमा सम्हालिन नसक्दा वेल्स पराजित भएको हो।

इरानका लागि खेलको ९०औँ मिनेटमा आर केसिमीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यसको केही सेकेन्डपछि नै ९०औँ मिनेटमा नै राजियानले अर्को गोल थप्दै इरानको जित सुनिश्चित गराए।

समूह´बी´ अन्तर्गतकाे खेलमा वेल्सलाई २-० हराउँदै पहिलाे जित हात पारेकाे हाे । अहमद बिन अली स्टेडियममा इरानलाई जित दिलाउन रुजबेह चेश्मी र रामिन रेजाइयनले एक/एक गाेल गरे ।

यो जितसँगै इरानले दुई खेलबाट तीनअंक जोडेको छ। इरान पहिलो खेलमा बलियो टोलि इङगल्यान्डसँग ६-२ गोल अन्तरले पराजित भएको थियो।

पराजित भएको वेल्सले पहिलो खेलमा अमेरिकासंग बराबरी खेलेको थियो। ६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्स यो पराजयसँगै अन्तिम १६ मा पुग्ने सम्भावना न्यून बनेको छ। वेल्सको तीन दुई खेलमा मात्र एक अंक रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.