add

धनुषा २ मा कांग्रेसका रामकृष्ण यादव निर्वाचित






ActPro Nepal

|

९ मंसिर, २०७९

|
308

धनुषा । धनुषा २ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका छन्। नेकपा एमाले)का उमाशङ्कर अरगरियाभन्दा १५७ मत बढी ल्याएर निर्वाचित भएका हुन्।

निर्वाचन आयोगका अनुसार कांग्रेसका नेता यादवले २० हजार एक सय १२ मत पाएका छन् भने एमालेका अरगरियाले १९ हजार नौ सय ५५ मत ल्याएका छन्। त्यस्तै नेकपा (एकीकृत समाजवादी)का पूर्वमन्त्री रामचन्द्र झाले १३ हजार छ सय पाँच मत पाएका छन्। 

जनता समाजवादी पार्टी (जसपा)नेपालका गङ्गाराम यादवले १२ हजार नौ सय एक मत ल्याएका छन्। जनमत पार्टीका जयनारायण साहले नौ हजार नौ सय ९२ मत पाए।

नवनिर्वाचित यादव विसं २०६४ र २०७० को पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा साविकको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।

यादवले नौ महिना कृषिमन्त्री रहेका बेला कृषिमा आधुनिकीकरण गर्न सिँचाइका लागि धनुषामा प्रत्येक किसानको खेतमा सानो सेलोट्युबेल जडान गर्न सफल भएका थिए। त्यस्तै किसानका लागि प्रधानमन्त्री कार्यक्रमअन्तर्गत धानजोन र मत्सय जोन कार्यक्रम ल्याएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.