add

ललितपुर–३ प्रदेशसभा १ मा एमालेका महर्जन विजयी






ActPro Nepal

|

९ मंसिर, २०७९

|
404

काठमाडौँ । ललितपुर–३ प्रदेशसभा (१) बाट नेकपा (माले)का रघुनाथ महर्जन विजयी भएका छन् ।

महर्जनले गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजकाजी महर्जनलाई छ सय ८६ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत धर्मराज पौडेलले औपचारिक घोषणा गरे ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार रघुनाथले नौ हजार सात सय ६६ मत प्राप्त गरे भने राजकाजीले नौ हजार ९० मत प्राप्त गरेका छन्।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेशसभाका लागि प्रतिस्पर्धामा रहेका राप्रपाका उम्मेदवार विनोदकुमार खड्काले सात हजार पाँच सय ८७, विवेकशील साझाका समुद्र केसीले एक हजार छ सय ९२, नेमकिपाका अशोक महर्जनले एक हजार सात र जनता समाजवादीका ओमकृष्ण श्रेष्ठले तीन सय ७९ मत प्राप्त गरेका हुन् ।

त्यस्तै राप्रपा नेपालका श्यामबहादुर महतले दुई सय ११, स्वतन्त्र उम्मेदवार सविता महर्जनले एक हजार एक सय ३९ र अजय अछामीले दुई सय ८८ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ४९ हजार ८१ मतदाता छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.