add

रेखा शर्माको तेस्रोपटक सदन प्रवेश






ActPro Nepal

|

९ मंसिर, २०७९

|
311

काठमाण्डौं । मुलुकको राजनीतिमा परिपक्व र सशक्त भूमिका खेल्दै आउनुभएकी रेखा शर्मा तेस्रोपटक सङ्घीय संसद्मा प्रवेश गरेका छन् । नेकपा एमालेका महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित गरी उनले सदन प्रवेश गरेका हुन् ।

दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार शर्मा २६ हजार आठ सय ७७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका महासचिव पोखरेलले २६ हजार छ सय ८१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । उनीहरूबीचको मतान्तर एक सय ९६ रहेको छ । उक्त क्षेत्रमा एक लाख ३३ हजार सात सय ४८ मतदातामध्ये ७९ हजार चार सय ४६ मत खसेको थियो ।

अनेरास्ववियुको विद्यालय एकाइ कमिटीबाट विसं २०४२ बाट राजनीतिक यात्रा सुरु गर्नुभएकी शर्मा विसं २०५१ मा योङ्ग कम्युनिष्ट लिगको केन्द्रीय सदस्य हुँदै २०५७ मा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य भए । उनीसँग अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको अध्यक्ष समानुपातिक निर्वाचन प्रणालीबाट विसं २०७० मा संविधानसभा सदस्य तथा २०७४ मा प्रतिनिसभा सदस्य रही जिम्मेवारी सम्हालेको अनुभव छ ।

पिता गिरीराज शर्मा र माता पार्वती शर्मा पौड्यालको कोखबाट उनको जन्म विसं २०२६ असोज ९ गते भएको थियो । समाजशास्त्र विषयमा स्नात्तकोत्तर रहेकी शर्माका पति कृष्णध्वज खड्का पनि राजनीतिक क्षेत्रमै सक्रिय छन् । दाङको घोराही उपमहानगरपालिका– १८ स्थायी घर भएकी शर्मा २०७२ कात्तिकदेखि २०७३ कात्तिकसम्म समान्य प्रशासनमन्त्री भए ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि उनी नेकपाको केन्द्रीय सदस्य थिए । उनी विसं २०७० मा नेकपा माओवादी संसदीय दलको सचेतक तथा रुपान्तरित व्यवस्थापिकामा माओवादी केन्द्रको प्रमुख सचेतकको जिम्मेवारीमा थिए ।

यसअघिको राज्यव्यवस्था तथा सुशासन समितिको सदस्य शर्मा सामाजिक न्याय र समानताको क्षेत्रमा विशेष रुचि राख्छन् । सशस्त्र द्वन्द्वका समय विसं २०५८ देखि २०५९ चैतसम्म एक वर्ष सैनिक हिरासतमा बिताएकी शर्मा संविधानसभा पदकबाट विभूषित छन् । करिब १० वर्ष भूमिगत जीवन बिताएकी शर्माका राजनीतिकलगायतका विषयमा फुटकर लेख, रचना प्रकाशित हुँदै आएका छन् ।

यो पनि :

भाषण गरेर होइन, जनतालाई अनुभूति हुने गरी काम गर्छु : रेखा शर्मा


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.