add

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, नेपाली उपभोक्ताले पाउँछन् लाभ ?






ActPro Nepal

|

५ मंसिर, २०७९

|
483

काठमाडौं । गत वर्षदेखि रुस र युक्रेन युद्धले उकालो लागेको कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । गत महिनादेखि १०० डलरको आसपासमा रहेको प्रतिब्यारल कच्चा तेलको मूल्य सोमबार घेटेर ७९ डलरमा झरेको हो।

सोमबार अन्तर्राष्ट्रिय बजारमा डब्ल्युटीआई (वेस्ट टेक्सास इन्टरमिडियट)को प्रति ब्यारल ७९ डलरमा कारोबार भएको छ। यस्तै ब्रेन्ट क्रुडको पनि सोमबार प्रति ब्यारल ८६ डलरमा कारोबार भएको छ।

घटदो माग र आपूर्तिमा आएको कमीले सोमबार तेलको मूल्य एक वर्षअगाडिको अवस्थामा पुगेको छ । युद्धका कारण पश्चिमा देशरले रुसमाथि लगायको प्रतिबन्धले आपूर्ति प्रणालीमा असर पारेसँगै युरोपमा इन्धन संकट बढेको थियो ।

चीनले अक्टोबरमा आफ्नो डिजल निर्यात एक वर्ष अघिको तुलनामा झण्डै दोब्बर बढाएर १.०६ मिलियन टन पुर्‍याएको छ भने यो मात्रा सेप्टेम्बरको १.७३ मिलियन टनभन्दा निकै कम थियो।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा मूल्य निकै तल आइपुगेपनि नेपालमा भने इन्धनको मूल्य घटेको छैन् ।

केही समयदेखि नेपाली बजारमा पेट्रोलको मूल्य स्थिर रहेको छ भने डिजेल र मट्टीतेलको मूल्य भने थप महँगो भएको छ ।

तर, कच्चा तेलको मूल्य जनवरी यताकै न्यून स्तरमा आएको वर्तमान अवस्थामा आगामी दिनमा देशमा पेट्रोल र डिजेलको मूल्य घट्न सक्ने आँकलन गर्न सकिन्छ ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनबाट  इन्धनको मूल्य बढेर आएपनि समग्रमा तत्काल  इन्धनको मूल्य नबढाउने बताउँदै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.