add

मतदातामा देखिएन उत्साह, ७५ प्रतिशत मतदान हुने आंकलन






ActPro Nepal

|

४ मंसिर, २०७९

|
540

काठमाडौं । छिटपुट अवरोधका बीच देशभर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान जारी छ ।

आइतबार बिहानदेखि मतदान सुरु भएको हो । निर्वाचन आयोगले अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ । त्यसबीचमा मतदान गर्न लाइनमा बसेका मतादाताले मत खसाल्न पाउने भएका छन् ।

यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छैन । काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गोरखा, झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, पर्सालगायतका जिल्लाका संवाददाताका अनुसार मतदान केन्द्रमा बिहानैदेखि पातलो लाइन छ । बिहानको सवा १० बजे भइसक्दा पनि मतदाताको भिड देखिएको छैन ।

निर्वाचन आयोगले देशभर ७५ प्रतिशत मत खस्ने अनुमान गरेको छ । तर, मतदान केन्द्रमा मतदाताको न्यून उपस्थितिले मत खस्ने प्रक्षेपण गलत सावित हुने देखिएको छ । 

जारी निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बनेको छ । उसले घोषित रूपमै निर्वाचन बिथोल्ने भनेकाले ठाउँठाउँमा अवरोधको प्रयास गरेकाले पनि धेरै मत नखस्ने अनुमान गरिएको छ ।

केही जिल्लामा भने गठबन्धन र विपक्षी कार्यकर्ताका कारण मतदान प्रभावितबाहेक मतदान शान्तिपूर्ण रूपमा चलिरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.