add

भष्टाचार रोके देश बन्छ, त्यसैकारण मैदानमा उत्रेको हुँः डा. उप्रेती






ActPro Nepal

|

१ मंसिर, २०७९

|
481

प्रा.डा. राम प्रसाद उप्रेती, प्रतिनिधिसभा सदस्य उम्मेदवार, काठमाडौं–५, राप्रपा

२०४६ देखि यता नेपालमा राजनीतिक दलहरुले मुलुकलाई उखू चुसेजसरी चुसेका छन् । मुलुकमा नागरिकता विधेयक जस्तो खतरनाक विधेयक ल्याएर अल्पमतमा पार्दैछन् । एमसिसि ल्याएर मुलुक ध्वस्त पार्दैछन् । यस्तो स्थितिमा हामीले राजसंस्थालाई राष्ट्रको शिरको रुपमा अङ्गिकार गर्न र कार्यकारी प्रधानमन्त्री व्यवस्था लागु गर्न चाहन्छौं । हाम्रो देशमा संघीयता घातक बन्दै गएको छ । अहिले नेपालमा सयौं महाराजाहरुलाई अनावश्यक रुपमा पाल्नुपरेको छ । हामीले यसलाई खारेज गर्नुछ । हाम्रो संविधान हामी आफैंले लेख्नुछ । मुलुकलाई अगाडि बढाउन हामी चाहन्छौं । जसरी राजा महेन्द्रले विगतमा १० बर्षको अवधिमा नेपालमा जति उद्योगधन्दाहरु खोल्नुभएको थियो, बहुदलीय व्यवस्थामा यी दलहरुले १० बर्षमा नै ती सबै उद्योगहरुलाई सखाप पारे । दलहरु व्यक्तिगत स्वार्थबाट प्रेरित भए । आफैंले मात्रै कमाउनुपर्ने भयो । यसको लागि भ्रष्टाचार गरे । यस देशको रकम विदेशमा समेत लगेर थुपारेका छन् । स्वार्थमा लिप्त दलहरुले संस्कार माथि प्रहार गरेका छन् ।

नैतिक शिक्षा हाम्रो शैक्षिक कार्यक्रमबाट नै हटाइयो । मुलुकमा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका कुनै पनि निकायले स्वतन्त्र रुपले काम गर्न सक्ने स्थिति रहेन । यससँगै हाम्रो संविधान नै निस्तेज बन्यो । यस्तो स्थितिलाई विचार गरेर हामी आफैंले हाम्रो आफ्नै संविधान लेख्न चाहन्छौं ।

यस्तो स्थितिलाई विचार गरेर मुलुकलाई पुनः सही ट्रयाकमा ल्याउनुपर्छ भन्ने मान्यताले मैले यसपटक हलो चिन्हबाट उम्मेदवारी दिएको छु । नेपाली युवाहरुलाई अहिले कामदारको रुपमा विदेश पठाइएको छ ।

अहिले सम्म सबै दलहरुले झुटा सपना देखाए । सोझासाझा दयालु मतदाताहरुको भावनामा खेलेर प्रहार गरे । विकास निर्माणमा नभई भ्रष्टाचारमा केन्द्रित भएको कारणले गर्दा नै नेपालको अवस्था यस्तो बन्यो । अब हामीले यस किसिमको व्यवस्थालाई तोडेर नयाँपन ल्याउन चाहन्छौं ।,

कृषिको वैज्ञानिकीकरण र व्यावसायिकरणमा काम गर्ने सोच

हामीले खासगरी कसरी कृषिको वैज्ञानिकीकरण र व्यावसायिकरण गर्न सकिन्छ भन्ने सम्बन्धमा, घरेलु, साना, मझौला र ठूला उद्योगहरु नेपालमा पुनः खोल्न सकिने वातावरण सृजना गर्न हामीले निरन्तर पहल गर्नेछौं । भ्रष्टाचार नगरे काम हुन्छ, काम भयो भने देश बन्छ । यसैकारण हामी विदेशमा भएका हाम्रा भाइबहिनीहरुलाई आफ्नै घरमा बोलाएर रोजगारी दिने योजना हामीसँग छ । यसरी मुलुक विकास हुन सक्छ भन्ने कुराको योजना पनि हामीसँग छ ।

पार्टी होइन सुपात्रको खोजी गरौं

हामीलाई थाहै छ, मलेसिया एकजनाको योजनाले समृद्ध बनेको हो । सिङ्गापुर एउटै व्यक्तिको पहलले समृद्ध बन्यो । हामी भन्दा पछिका थुप्रै देशहरु माथि पुगे । सृष्टिले सकै कुरा दिँदा पनि हामी आखिर किन पछि प¥यौं त ? यसो हुनुमा हाम्रो नेतृत्वले राम्रोसँग काम नगर्ने प्रवृत्ति नै मुख्य हो । अब हामीलाई नयाँ नेतृत्व चाहिएको छ । जो जुनसुकै दलको प्रतिनिधि पात्र भएपनि मुलुकको हितमा काम गर्ने पात्र हामीलाइृ चाहिएको छ । नयाँ राम्रो र मुलुकको हितमा काम गर्ने व्यक्ति अहिले हामीलाई चाहिएको छ ।

युवाको क्षमता र बौद्धिकतामा लगानी

अब हामीले युवा माथि लगानी गर्नुपर्ने छ । साना–साना उद्योग स्थापनालाई हामीले प्रोत्साहित गर्नुपर्छ । जसबाट २०–३० जना व्यक्तिले एउटा उद्योगबाट रोजगारी पाउन सकुन् । हरेक गाउँघरमा त्यस्तो चेतना हामीले पु¥याउनुपर्छ । कृषिको लागि त नेपालमा रामे सम्भावना छ । मेहनती पाखुरा हामीसँगै छन् । नेपालमा उत्पादनमुखी भूभाग छ । यहाँ राम्रो सम्भावनाहरु थुप्रै छन् । तैपनि हामीले कामको लागि युवालाई विदेश पठाएका छौं । उनीहरुले पठाएको रेमिट्यान्समा हामी मालिक बनेर बसेका छौं ।

यस प्रचलनलाई तोड्नु छ । स्रोत नखुलेको सम्पत्ति जफत गरेर त्यस्ता व्यक्तिलाई कारबाही गर्नेछौं । यसैकारण हामीले नारा नै बनाएका छौं कि भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो ।

अन्त्यमा भन्छु कि जुन व्यक्ति हाम्रो आराध्यदेव पशुपति, स्वयम्भू, दक्षिणकालीमा पुगेर भगवानको आशिवर्चन लिने प्रयाश नै गर्दैन, त्यस्ता व्यक्तिलाई मुलुकको मन्त्री, प्रधानमन्त्री बन्ने नैतिक अधिकार पनि छैन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.