add

७ नम्बर क्षेत्रको विकासमा मेरो योगदान महत्वपूर्ण छः रामवीर मानन्धर






ActPro Nepal

|

३० कार्तिक, २०७९

|
369

रामवीर मानन्धर, प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार, काठमाडौं–७, चुनाव चिन्ह घण्टाघर

लामो समय सार्वजनिक पद धारण गर्ने क्रममा आफूबाट कुनै किसिमको भ्रष्टाचार नभएको दावी गर्ने व्यक्ति हुन् रामवीर मानन्धर । उनी आफूबाट कुनै भ्रष्टाचार भएको प्रमाण कसैले प्रस्तुत गर्न सकेको खण्डमा आफूले राजनीति र सामाजिक गतिविधिबाट पूर्ण रुपमा विश्राम लिने समेत बताउँछन् ।

सांगीतिक क्षेत्र मार्फत वल्र्ड रेकर्ड कायम गरी मुलुकलाई विश्वमा चिनाउने काम गर्ने नेताको पहिचान समेत बनाएका मानन्धरले आफू मन्त्री पदमा रहँदा राज्यबाट प्राप्त हुने सम्पूर्ण सुविधा एकमुष्ट फिर्ता गरेका थिए । मानन्धर सांस्कृतिक सम्पदा संरक्षण कार्यमा समेत निकै क्रियाशिल रहँदै आएका छन् ।

आफू १८ महिना शहरी विकास राज्यमन्त्री हुँदा उनीे आफ्नै घरमा बसे । आफूले मासिक रुपमा भाडा बापत प्राप्त गर्ने ४० हजार रुपियाँको अलावा अन्य सुुुुुुुुुुुुुुुुुुुुुुुुुुुविधा राज्य कोषमा नै जम्मा गरे ।

आफूले ७ नम्बर क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनमा विजय प्राप्त गरेपश्चात् मात्रै उक्त क्षेत्रको विकासले गति लिएको समेत दावी गर्छन् मानन्धर । साँघुरा र कमजोर सडकलाई स्तरोन्नति गरी सडक फराकिलो बनाउने र स्थानीय माझ विकासको आभाष गराउने काममा समेत मानन्धरको योगदान महत्वपूर्ण छ ।

आफूले १४ करोड रकम रणनीतिक सडकको लागि विनियोजन गरेपश्चात् नै ७ नम्बर क्षेत्रले विकासमा गति लिएको मानन्धरले प्रष्ट्याए ।

यसपटक घण्टाघर चिन्ह लिएर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका मानन्धरले विगतमा आफूले पूर्वाधार क्षेत्रमा गरेको योगदान र समर्पणकै कारण यसपटक पनि स्थानीयले आफूलाई नै विजयी गराउनेमा आफू विश्वस्त रहेको दावी गरेका छन् ।

उनै मानन्धरले यसपटकको निर्वाचनमा प्राविधिक शिक्षा एवं गुणस्तरीय स्वास्थ्य, महिला सशक्तिकरण तथा खेलकुद र सीप विकास, सांस्कृतिक सम्पदाको संरक्षण, सडक र वातावरण व्यवस्थापन, उद्यमशिलता विकास एवं रोजगारी सृजना, कृषि र लघु उद्योगलाई प्रोत्साहनको अलावा आफ्ना अघिल्ला कार्यकालका अधुरा कामहरुलाई पूरा गर्ने मूलतः ७ प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

मानन्धरले आफ्नो लागि यही निर्वाचन नै अन्तिम निर्वाचन हुने घोषणा समेत गरे ।

मानन्धर आध्यात्मिक प्रवृत्तिका व्यक्ति समेत हुन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.