add

ज्योति लाईफ इन्स्योरेन्सको नाफामा १३३ प्रतिशतको उछाल






ActPro Nepal

|

२५ कार्तिक, २०७९

|
517

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा झन्डै अढाई गुणाले बढेको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १३३.२८ प्रतिशतले बढेको हो ।

कम्पनीले चालु आवको असोज मसान्तसम्म २१ करोड ५२ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १२ करोड रुपैयाँ बढी हो । गत वर्षको सोही अवधिमा ज्योतिले ९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमा शुल्क, लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढ्दा नाफामा उल्लेख्य सुधार आएको हो । साथै, यसअघि नोक्सानी व्यवस्थापनका लागि छुट्याइएको २ करोड ४५ लाख रुपैयाँ फिर्ता हुँदा नाफा बढ्न टेवा पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १५.६७ प्रतिशतले बढेर ९१ करोड ४० लाख रुपैयाँ पुगेको छ । लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी २०.७५ प्रतिशत बढेर ७ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

हाल २ अर्ब ४२ करोड चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा १ अर्ब ३ करोड रुपैयाँ संचित छ । यस्तै, जीवन बीमा कोषमा ७ अर्ब ४ करोड र महाविपत्ती कोषमा १४ करोड ८ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३५.३८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ पनि १४८.३२ रुपैयाँ रहेको छ । ज्योति हाल सूर्य लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.