add

पिपुल्स हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?






ActPro Nepal

|

२५ कार्तिक, २०७९

|
468

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आज देखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० अंकित मूल्यदरले ५६ करोड ६३ लाख ९ हजार रुपैयाँ बराबरको ५६ लाख ६ हजार ३९० कित्ता सेयर विक्रीमा ल्याएको हो ।

निष्काशित कुल सेयर मध्ये ५ प्रतिशत (२ लाख ८० हजार १९० कित्ता) सामूहिक लगानी कोष र ३ प्रतिशत (१ लाख ६८ हजार १९० कित्ता) कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओमा कात्तिक २९ गतेसम्म आवेदन दिन पाइन्छ । सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा मंसिर ९ गतेसम्म आवेदन दिन पाइन्छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपाले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.