add

सबै क्षेत्रमा पुग्यो मतपत्र






ActPro Nepal

|

२५ कार्तिक, २०७९

|
304

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्‍याइएको छ ।

निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो ।

मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा ढुवानी गरिएको हो । अब त्यहाँबाट हरेक मतदान केन्द्रमा मतपत्र पुर्याइने छ ।

संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि दुई-दुई वटा मतपत्र छापिएका छन् । प्रत्यक्षका लागि ३ करोड ९७ लाख ८९ हजार ५ सय र समानुपातिकका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र छापिएको हो ।

 देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.