add

निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकारः नेता मोहन आचार्य






ActPro Nepal

|

२१ कार्तिक, २०७९

|
199

।नेपालीकांग्रेसका केन्द्रीय सदस्यएवं रसुवाबाट प्रतिनिधिसभा सदस्यउम्मेदवार ईन्जिनियर मोहन आचार्यले निर्वाचन पछि काग्रंस नेतृत्वमा सरकार बन्ने बताउनु भएको छ ।

निर्वाचनप्रचारप्रसारको क्रममा रसुवाकाविभिन्न स्थानमाआयोजित  भेलालाई सम्बोधनगर्दै नेताआचार्यले काग्रंस नेतृत्वमाबन्ने सरकारले विकास र संबृद्दिलाई प्राथमिकतादिने बताउनु भएको हो ।

कांग्रेस सरकारले ग्रामीण अर्थतन्त्रको विकासकालागिकामगर्ने भन्दै उहाँले यसले रोजगारी सृजनामा सधाउने बताउनु भयो । रसुवाको संबृघ्दिनै आफ्नो प्रमुखप्राथमिक्तामा रहेको बताउदै उहाँले संविधानको रक्षा र देशको विकासकालागिपाँचदलीय गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

समुन्नत रसुवा, समृद्ध रसुवालीनिर्माणको महाअभियान सफलबनाउनकालागिपनि गठबन्धनको उमेदवारलाई विजयी गराउनआवश्यक रहेको उहाँले बताउनु भयो। कृषि, जलविद्युत, पर्यटन, व्यापार व्यवस्थापनको समन्वयात्मकविकास नै समृद्ध रसुवानिर्माणको आधार भएको उहाँले उल्लेख गर्नुभयो ।

अहिले नौकुण्ड वृहतखानेपानी योजनानिर्माणको प्रक्रिया अघि बढेको उल्लेख गर्दै उहाँले यसकालागि बजेटको सुनिश्चितता गरी अहिले ईआईएको प्रक्रिया अघि बढेको बताउनु भयो । त्यसैगरी स्याउबारी हुँदै गोसाइकुण्डसम्म पुग्ने रणनितिक सडक निर्माण शुरु भएको र कालिकास्थान–जिवजिवे सडक अन्तर्गत धोवीखोलापुल, भोर्ले–दनुवास्वार–फलाखु खोलामापक्किपुलनिर्माणको कामअघि बढेको उहाँले बताउनु भयो ।

बाहुनडाँडा–स्यो–ग्रे हुँदै डाँडागाउँ–ठुलोगाउँसम्मको ३० किलोमिटर सडक निर्माणका लागि बजेट व्यवस्थापनगरिएको उल्लेख गर्दै उहाँले  भोर्ले जाने पुल, चिलिमे जाने रोङ्गाको पुलकालागि सम्भाव्यताअध्ययनकालागि बजेट बिनियोजन भएको बताउनु भयो। त्यसैगरी सोमदाङ हुँदै टिमुरेसम्मको वैकल्पिक राजमार्गकालागिसमेत पहल भै रहेको उहााले बताउनु भयो ।

भौगोलिक रुपमा पिछडिएको बस्ती तिरुगाउँ सडक सञ्जालमाजोड्न सफलभएको र तिरुमाएकिकृत बस्तिनिर्माण गरिएको बताउनु भयो । कांग्रेसले जे बोल्छ त्यो पूरा गर्छ भन्दै उहाँले विगतमा केन्द्रमाआफ्नो सरकार नहुदाआफुले सारेका धेरै योजनाहरू कार्यान्वयनहुननसकेको र केन्द्रमाकांग्रेस नेतृत्वमा सरकार बन्ना साथै ती योजनाहरू कार्यान्वयनको चरणमा प्रबेश गरेको बताउनु भयो । उहाँले निर्वाचनपछि बन्ने काँग्रेसको सरकारले धोषणापत्र मार्फत कांग्रेसले  गरेका सबै प्रतिबध्दताहरुलाई क्रमश पूरा गर्दै लैजाने बताउनु भयो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.