add

सर्वेन्द्र खनालको घोषणा : ६० वर्ष कटेका नागरिकलाई ५०० रुपैँयामै स्वास्थ्यसेवा






ActPro Nepal

|

२१ कार्तिक, २०७९

|
258

काठमाडौँ । नेकपा एमालेबाट काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधीसभा सदस्य उम्मेदवार सर्वेन्द्र खनालले ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सहुलियत दरमा स्वास्थ्यसेवा प्रदान गर्ने घोषणा गर्नुभएको छ । 

काठमाडौँ क्षेत्र नं ६ लाई नमूना क्षेत्र बनाउने उद्घोषका साथ निर्वाचनमा होमिनुभएका पूर्व प्रहरी प्रमुख खनालले ६० वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई रु ५०० तिरेर स्वास्थ्यसेवा प्रदान गर्ने घोषणा गर्नुभएको हो  । 

उहाँले काठमाडौँ क्षेत्र नं ६ भित्रका निर्माणाधीन पार्कलाई पुरा गर्ने, बढ्दो शहरीकरणबीच खुला सार्वजनिक पार्क अति आवश्यक पर्ने हुँदा सम्भाव्यता अध्ययन गरी पार्क विस्तार गरिने बताउनुभएको छ । 

काठमाडौँ क्षेत्र नं ६ मा काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७ र २८, टोखा नगरपालिकाको वडा नं १, ८, ९, १० र ११ साथै तारकेश्वर नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११ वडा पर्छन् ।

काठमाडौँको बागबजार, पुरानो बसपार्क, कमलादी, असन, ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुशी, नयाँ बसपार्क, गोँगबु, बानियाँटार, काभ्रेस्थली, धर्मस्थली, मनमैजु, साङ्ला, झोरलगायतका क्षेत्र रहेको सो क्षेत्रमा ६२ हजार १०२ मतदाता छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.