add

गौरीगञ्जलाई आधुनिक सहरका रुपमा विकास गरिनेछ : अध्यक्ष ओली






ActPro Nepal

|

१४ कार्तिक, २०७९

|
388

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौरीगञ्जलाई आधुनिक सहरका रुपमा विकास गरिने बताएका छन् ।झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओलीले आज झापाको गौरीगञ्जमा आयोजित जनता भेटघाट तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै स्मार्ट सिटीका रुपमा शहरीकरण हुँदै आएको गौरीगञ्जलाई थप व्यवस्थित शहरीकरणको योजना बनाएर यसको विकास गर्नुपर्ने बताए ।

निर्माणाधीन हुलाकी सडकले छोएको गौरीगञ्ज झापाको दक्षिणी भेगको एक सुन्दर सहर बन्ने प्रशस्त सम्भावना भएको उनको भनाइ छ । अध्यक्ष ओलीले रतुवा पुल, लेराकको पुल मङ्सिर ४ गते चुनावपछि बन्ने बताए । गौरीगञ्जको विकासका लागि बजेटको अभाव नहुने प्रतिबद्धता उनले जनाए ।

शिक्षाको गुणस्तर कायम राख्ने विद्यालयलाई आर्थिक स्रोतको अभाव नहुने र प्राविधिक शिक्षा थप्ने योजना एमालेको भएको बताउँदै उनले भने, “निर्माणाधीन हुलाकी सडकलाई छिटोभन्दा छिटो पूरा गराउन तथा यहाँ क्षेत्रका नागरिकताको सवालमा रहेका कतिपय समस्या समाधान गर्न पनि एमालेको सरकार बन्नुपर्छ ।”


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.