add

विकासमा चितवनलाई देशकै नमुना बनाउने योजना छ : विक्रम पाण्डे






ActPro Nepal

|

१३ कार्तिक, २०७९

|
506

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले टालटुले विकासले देश विकास नहुने बताएका छन् । भरतपुर महानगरपालिका वडा नं १६ शान्तिचोकस्थित साङ्गेन छ्योइलिङ गुम्बा र साङ्गेन छ्योइलिङ आमा समूहले आयोजना गरेको अन्तरक्रियामा नेता पाण्डेले भने, ‘टालटुले विकासले देशको विकास हुँदैन । देशको विकास हुनको लागि जहाँ विकासको कामै भएको छैन, त्यही ठाउँबाट सुरू गर्नुपर्छ ।’

पश्चिम चितवनलाई अन्तर्राष्ट्रि«यस्तरको कृषि हब बनाउने हो भने यहाँको विकासमा लहर नै चल्ने उनको भनाइ छ । उनले भने, ‘पश्चिम चितवन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको कृषि हबको रूपमा विकास गर्ने हो भने विदेसिएका नेपाली युवालाई पनि फिर्ता बोलाएर रोजगार दिन सकिन्छ ।’

चितवन देशकै मुटु भएकोले मुटुलाई स्वस्थ राख्न आफूू पुनः जनताको घरदैलोमा आएको बताए । विकासमा चितवनलाई देशकै नमुना जिल्ला बनाउने योजना लिएर आफूले यसपटक पनि प्रतिनिधिसभामा उमेदवार बनेको बताए । पश्चिम चितवनलाई जिल्लाको सबै क्षेत्रसँग जोड्नको लागि पुलचोकदेखि गोलाघाट हुँदै सौराहासम्म तीन लेनको सडक निर्माण गरेर पर्यटन क्षेत्रलाई थप आकर्षित बनाउन सकिने बताए ।

‘कुनै पनि विकास निर्माणको काम गर्दा जनतालाई मर्का पर्ने गरी काम गर्नुहुँदैन,’ उनले भने, ‘त्यसैले पुलचोकदेखि गोलाघाट हुँदै सौराहासम्म पर्यटकीय सडक बनाउनको लागि तीन लेनभन्दा ठूलो बनाउनु आवश्यक छैन ।’ तीन लेनको सडक निर्माण गर्दा जनतालाई पनि सुविधा, ठाउँको पनि विकास हुने उनको भनाइ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.