add

मस्कले लिए ट्वीटरको स्वामित्व, खरिद गरेसँगै सीईओ बर्खास्त






ActPro Nepal

|

११ कार्तिक, २०७९

|
664

काठमाडौं । टेस्लाका सीईओ एलन मस्कले ट्वीटरको स्वामित्व लिएका छन् । मस्कले बिहीवार ४४ अर्ब अमेरिकी डलरमा खरिद गदै सेयर स्वामित्व ग्रहण गरेका हुन् । स्वामित्व लिएपछि मस्कले ट्विटरका प्रमुख कार्यकारी अधिकृतसहित उच्च कर्मचारीलाई हटाएका छन् ।

उनले सीईओ पराग अग्रवाल सहित अन्य दुई म्यानेजरलाई हर्टाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अग्रवाल नोभेम्बर २०२१ मा ट्विटरका सीईओ बनेका थिए ।

मस्कले यसअघि ट्वीटर खरिदका लागि कम्पनीसँग सम्झौता गरेपनि उक्त सम्झौताबाट पछि हटेका थिए । मस्कको यस कदम बिरुद्ध ट्वीटर अदालत गएको थियो ।

दुई कम्पनी बीच सुरु भएको कानुनी लडाइमा मस्कलाई अदालतले ट्वीटर खरिदको समय सीमा तोकिदिएको थियो ।

उनले शुक्रबार सम्म ट्विटर किनिसक्नु पर्ने समयसीमा अदालतबाट पाएका थिए । त्यको एकदिन अघि बिहीवार नै उनले खरिद गरिसकेका छन् । मस्क समय सकिनु दुई दिनअघि बुधबार मस्क ट्विटरको सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा पुगेका थिए। 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.