add

कोर्नका नयाँ स्मार्टवाच र इअरबड्स नेपाली बजारमा






ActPro Nepal

|

७ कार्तिक, २०७९

|
518

काठमाडौं । स्मार्टफोन तथा मोबाइल एक्सेसोरिजको विश्व बजारमा प्रभुत्व जमाउँदै अघि बढेको चीनको बहुराष्ट्रिय ब्राण्ड कोर्नले नेपाली बजारमा थप दुई मोडलका स्मार्टवाच तथा एक मोडलको इअरपोडको लन्च गरेको छ ।

कोर्नको लागि नेपाली आधिकारीक विक्रेता केमियो इन्टरनेशनल प्रालिको बाघदरबार स्थित मुख्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी CORn/WB04 र  CORn/WB03 स्मार्टवाच सार्वजनिक गरिएको हो ।

नेपाली बजारमा कोर्नका एक्सेसोरीज आधिकारीक रुपमा भित्रिएको दुई वर्ष नबित्दै कोर्नले नेपाली उपभोक्ता माझ बनाएको छवि र हाँसिल गरेको प्रगति निक्कै लोभलाग्दो रहेको प्रतिस्पर्धीहरु समेत स्वीकार्छन् । यता, केमियो इन्टरनेशनले नेपाली बजारमा पछिल्ला दिनहरुमा हरेक साता नयाँ उत्पादन लन्च गर्न थालेको छ ।

१.३ इन्च को टीएफटी मल्टिटच स्क्रिन युक्त कोर्नका यी दुवै स्मार्टवाच आइपी ६८ वाटरप्रुफ सर्टिफाइड रहेका छन् भने कोर्नले ३० दिन सम्मको उत्कृष्ठ ब्याट्री ब्याकअप दिने बताएको छ ।

सार्वजनिक गरिएका दुवै स्मार्टवाचमा कम्पनीले एक वर्षको वारेन्टी प्रदान गरेको छ भने काठमाडौं उपत्यका भित्रका ग्राहकलाई तिन दिनको सर्भिस ग्यारेन्टी गरेको छ ।

सर्भिस सेन्टरमा रिसिभ गरेको तिन दिनमा स्मार्टवाचमा देखिएको समस्या समाधान नभएको खण्डमा रिप्लेस्मेन्ट दिन नीति लिएको कोर्नले नेपाली बजारको विकास र विस्तारमा देखाएको तदारुकता र विक्री पश्चातको सेवामा गरेको प्रतिबद्धताले नेपाली बजारमा कोर्नलाई सहजै स्थापित गराउन सफल भएको हो ।

दुवै स्मार्टवाचको विक्री मूल्य ६ हजार ६९९ तोकेको छ भने कोर्नले यी दुवै मोडल अनलाइन र रिटेल नेटवर्क दुवैमा उपलब्ध गराएको छ । कोर्नका यी स्मार्टवाचको साथमा इन्ट्री लेभलको इअरबड्स समेतल बजारमा ल्याएको हो ।

खुद्रा बजार मूल्य २ हजार ९९९ रुपैयाँ तोकिएको यो इअरबड्स सेग्मेन्टकै उत्कृष्ट उत्पादन भएको दाबी कम्पनीले गरेको छ । ६ महिनाको वारेन्टी प्रदान गरिएको CORn\ EB03 मोडलको यो इअरवड्स डिजाइनमा एप्पलको इअरपड सँग तुलना योग्य रहेको छ भने आवाजको गुणस्तरमा समेत कुनै सम्झौता गरिएको छैन ।

चार घण्टाको प्लेब्याक ब्याकअप ब्याट्रि रहेको यो इअरबड्ले सस्तो मूल्यका उत्पादनको खोजी गर्ने नेपाली उपभोक्ताको आवश्यकता सहजै परिपूर्ति गरे विश्वास केमियो इन्टरनेशनलले लिएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.